News Portal

नगरवासीको माया नै ठूलो सम्मान हो: वडा अध्यक्ष तामाङ

रातोपोस्ट संवाददाता
१४०१ पटक

झापा, २६ असार । मेचीनगर नगरपालिकाले शुक्रवार ८ औ नगर सभाको समापनको मौका छोपेर कोरोना नियन्त्रणमा अग्रमोर्चामा खट्ने धेरैलाई सम्मान गरयो । सम्मानित हुनेमा जनप्रतिनिधि नगरका कर्मचारीदेखि स्वास्थ्यकर्मी सम्म थिए । भव्य समारोहवीच सम्पन्न भएको कार्यक्रम सकिएपछि सामाजिक संजालमा सम्मान कार्यक्रमको चौतर्फी आलोचना भयो ।

सम्मान थाप्नेको सूचीमा मेचीनगर ६ का वडा अध्यक्ष ललीत तामाङको नाम नपरेको प्रति वडावासीको चिन्ता थियो । एक स्थानीयले फेसवुकमा लेखे,‘ललीत तामाङलाई नगरले सम्मान गरयो कि गरेन ? कोरोना संक्रमित नगरवासीलाई औषधी बोकेर घरघर चाहारेका तामाङ किन सम्मानका हकदार भएनन् भन्ने चिन्ता नगरवासीमा व्याप्त छाएको थियो ।

मेची नगरका पंकज पाेदार भन्छन् , जसले कोरोनाको समयमा दिनरात आफ्नो ज्यानको प्रवाह नगरि २४ सै घण्टा जनताको घरघरमा गएर सेवा गऱ्यो उसलाई सम्मानवाट बन्चित गरिनु लज्जाजनक कुरा हो ।’ लक्ष्मी तामाङलाई पनि कोभिडको समयमा पहिलो लाईनमा रहेर काम जनताको सेवा गर्ने वडा अध्यक्ष तामाङ नै हुन । उनको योगदानलाई नगरले अव मूल्यन गरेको तामाङको भनाई छ । ‘नगरले काम गर्ने जनप्रतिनिधिलाई भन्दा पनि आफू निकटलाई मात्रै काँध हाल्ने काम गरेको देखियो’, तामाङले भनिन ।

वडा नम्बर –६ का अध्यक्ष ललित तामाङलाई नै भने सम्मान नपाएकोमा कुनै गुनासो छैन । उनले फेसवुकमार्फत सम्मानितहरुलाई वधाई दिएर आफ्नो महानता समेत देखाएका छन् । तामाङ भन्छन, ‘नगरवासीले सधै सम्झिरहनु नै मेरा लागि ठूलो सम्मान हो ।’ लकडाउनका बेला सर्वसाधारण घर भित्र थिए । सहर, बजार चकमन्न थियो । यस्तो वेला संक्रमितलाई औषधी बोकेर उनी घरघर पुगेका उनलाई ८० वर्षिय एक आमाले दिएको आर्शिवाद नै ठूलो सम्मान जस्तो लाग्छ । वडा अध्यक्ष तामाङ भन्छन, ‘नगरवासीको माया र स्नेह नै मेरो लागि सम्मान हो ।’

प्रतिकृया दिनुहोस्