News Portal

यूरो कपको उपाधिका लागि आज राति इटाली र इंग्ल्यान्ड भिड्दै

रातोपोस्ट संवाददाता
४६२ पटक

काठमाडाैं, २७ असार । यूरो कपको उपाधिका लागि आज राति इटाली र इंग्ल्यान्ड भिड्न लागेका छन्। नेपाली समय अनुसार, राति १२ः४५ बजे लन्डनस्थित वेम्बली रंगशालामा यूरो कपको फाइलन खेल हुनेछ। जसमा इटाली र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्न लागेका हुन्। स्पेनलाई ‘टाइब्रेकर’मा ४-२ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा फाइनल यात्रा तय भएको थियो।

यसअघि क्वार्टरफाइनलमा इटालीले बेल्जियमलाई २-१ पराजित गरेको थियो। इटालीले समूह चरणका सबै खेल जितेको थियो। त्यस्तै, सेमिफाइनलमा डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्ड ५२ वर्षपछि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको हो।

यसअघि क्वार्टरफाइनलमा युक्रेनलाई ४-० ले पराजित गरेको थियो। समूह चरणमा भने दुई जित र एकमा बराबरी खेलेको थियो। लामो पर्खाइपछि दुवैै टीम यूरो कपको उपाधि जित्ने होडमा छन्। इटालीले यसअघि सन् १९६८ मा यूरो कप जितेको थियो भने इंग्ल्यान्डले पहिलो पटक यूरो कपको फाइनल खेल्न लागेको हो।

प्रतिकृया दिनुहोस्