News Portal

राजनीतिबाट अलग्गिए रजनीकान्त

रातोपोस्ट संवाददाता
११५८ पटक

मुम्बई, २८ असार । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् । रजनीकान्तले आफ्ना पदाधिकारीहरुलाई भविष्यमा राजनीतिमा नफर्किने बताएका छन् । उनले यो निर्णय पार्टीका सबै पदाधिकारीसँगको छलफल पछि लिएका हुन् ।

रजनीकान्तले नयाँ संगठन रजनी फ्यान क्लब एशोसिएसनको नामबाट समाजसेवाको काम गर्नेछन् । गत डिसेम्बर २९ मा रजनीकान्तले स्वास्थ्य समस्याका कारण आफू राजनीतिबाट टाढिने घोषणा गरेका थिए । उनले तमिल भाषामा एक चिठी लेख्दै आफू चुनावमा प्रतिष्पर्धी नभएरै मानिसको सेवा गर्ने बताएका थिए ।

उनी डिसेम्बर २५ मा रक्तचापमा भएको उतारचढाव र थकानका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका थिए । त्यसको दुई दिनपछि उनी डिस्चार्ज भए । चिकित्सकले उनलाई एक सातासम्म आराम गर्न र शारीरिक काम तथा कोरोनाबाट बच्नका लागि सल्लाह दिएका थिए । उनले डिसेम्बर ३ मा आफू नयाँ पार्टी बनाउने र सन् २०२१ को विधानसभा चुनाव लड्ने उल्लेख गरेका थिए ।

प्रतिकृया दिनुहोस्