News Portal

मेचीनगर कराते संघको संयोजकमा धिमाल

रातोपोस्ट संवाददाता
११२७ पटक

झापा, २९ माघ । झापाकाे मेचीनगरस्थित धुलाबारीमा मेचीनगर सितोरियो कराते संघको भेला सम्पन्न भएकाे छ । मेचीनगर सितोरियो कराते संघको धुलाबारीमा सम्पन्न भेलाले मन बहादुर धिमालको संयोजकमा ९ सदस्यीय तदर्थ समिति मेचीनगर सितोरियो कराते संघ गठन भएको हो ।

भेलाले समितिको सचिवमा सुनिल मेचे चयन भएकाे झापाका सितोरियो कराते संघका अध्यक्ष मिलनराज प्रसाईले बताए । मेचिनगर सितोरियो कराते संघले ८ महिनाको अवधिमा कराते बिकासमा केही पनि गर्ने प्रयास नगरेको भन्दै उपाध्यक्ष र सचिवसहित ९ जनाले सामुहिक राजिनामा पत्र जिल्ला सितोरियो संघका अध्यक्ष मिलनराज प्रसाईंलाई बुझाएका थिए ।

कार्यक्रममा झापा जिल्ला टेक्निकल कमिटीका अध्यक्ष कृष्ण बस्नेत, राखेप कराते प्रशिक्षक बद्री बिष्ट र मेची नगरका डोजो कोचको विषेश उपस्थिति रहेकाे थियो । नगरस्तरिय कराते संघले मेचीनगर भित्र कराते खेलको प्रबद्र्धन गर्दै खेलसंग सम्बन्धीत खेलाडी, प्रशिक्षक लगायतहरुको संरक्षण र क्षमता बिकासमा काम गर्ने साथै ६ महिना भित्र कमिटीकाे गठनको प्रक्रिया पुरा गर्ने संयोजक धिमालले बताए ।

प्रतिकृया दिनुहोस्