News Portal

श्रमदानमा जुट्दै माओवादी

रातोपोस्ट संवाददाता
६२८ पटक

झापा, १ साउन । नेकपा माओबादी केन्द्र मेचीनगरले झापाका कम्युनिस्ट आन्दोलनका याेद्वा सानाे दुर्गा अधिकारीकाे घर निर्माणमा आज बिहान श्रमदान गरेका छन।

झापाको मेचीनगर -१० स्थित धुलाबारीमा निर्माण हुँदै गरेको अधिकारीको घर निर्माणमा सहयोग गर्ने उद्देश्यले माओबादी कार्यकर्ताहरुले श्रमदान गरेको माओबादी केन्द्र मेचीनगर- १० का अध्यक्ष कृष्ण काैशले बताए । कौशलकै अगुवाईमा घर निर्माण समिति समेतको सहभागितामा माओबादी कार्यकर्ताहरुले शुक्रबार  श्रमदान गरेको सानो घर निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले बताए ।

झापा क्षेत्र नं. १ का संघिय सांसद राम कार्कीको क्षेत्र बिकास कोषमार्फत बजेट बिनियोजन भएपछि लोकतान्त्रिक योद्धा अधिकारीको घर निर्माण शुरु निर्माण समिति संयोजक आचार्यले बताए । करीब ४ लाख लाग्ने अनुमान गरिएको अधिकारीको घर निर्माणका लागि संघिय सांसद राम कार्कीमार्फत ३ लाख ४५ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीयबासी र श्रमदानबाट ब्यवस्थापन गरिने निर्माण समितिका संयोजक आचार्यले जानकारी दिए ।

घर निर्माणको काम अन्तिम चरणमा पुगेको हुनाले केही दिन भित्रै अधिकारी दम्पत्तीलाई घर  हस्तान्तरण गरिने घर निर्माण समितिका सचिव शिव शंकर शाहले बताए ।

घर निर्माण भए पछि बस्नलाई सजिलो हुने सानो दुर्गा अधिकारीले बताए । ‘बस्नलाई घर बन्यो’ अधिकारीले भने, ‘अब राज्यका तर्फबाट सामान्य भरण पोषणको ब्यवस्था भए अरु केही चाहिदैंन ।’

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंगै २०३० सालमा पक्राउ परेका सानो दुर्गा अधिकारी ओली भन्दा ३ बर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त  भएका थिए । जेल जीवनमा झापा,  इलाम,  बिरगञ्ज र काठमाण्डौका विभिन्न जेलमा बसेको अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्