News Portal

वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय

रातोपोस्ट संवाददाता
५८८ पटक

काठमाडौं, ५ साउन । नेकपा (एमाले) उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछन् भन्ने समाचारमा सत्यता नभएको उनको सचिवालयले जनाएको छ । सामाजिक सञ्जाल र पत्रपत्रिकामा गौतमको नाम जोडेर आएका समाचारमा चरित्र हत्या गर्न खोजिएको उनका स्वकीय सचिव दीपक टमटाले बताए ।

यस्ता समाचारमा सत्यता नभएको र यस्तो कपोकल्पित समाचारको पछाडि नलाग्न उनले अनुरोध गरेका छन् । यस्ता समाचार दुष्प्रचारबाहेक अन्यथा केही नभएको भन्दै उनले सबैलाई त्यसमा विश्वास नगर्न अनुरोध गरे ।

‘विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा वामदेव गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचार प्रति कुनै सत्यता नभएको र यस्ता कपोल कल्पित समाचार उनको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको ब्यहोरा जानकारी गराउन चाहन्छौं, टमटाले भने ।

प्रतिकृया दिनुहोस्