News Portal

गठबन्धनलाई अझै ओलीको डर !

रातोपोस्ट
३२३ पटक

काठमाडौं, १० साउन । तीन महिनाको अवधिमा दुई पटक संसद् विघटन गरे पनि सफल नभएपछि सत्ताच्युत हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गठबन्धन टुट्ने डर नेताहरूलाई रहेको छ। सर्वोच्च अदालतको फैसला गठबन्धनको सरकार निर्माण भए पनि अझै गठबन्धन फुटाउन ओलीले विभिन्न कदम चाल्न सक्ने आँकलन अहिले गठबन्धनभित्र भइरहेको छ। सरकार गठन भएको करिब दुई हप्ता बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनले आफूहरू कमजोर हुने आँकलन गर्दै आगामी रणनीति तय गर्ने भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली इतिहासमा नराम्रोसँग पछारिए पनि कमजोर ठान्ने अवस्था नरहेको बताए। ओलीलाई विस्थापित गरेको गठबन्धनले जनताका पक्षमा निरन्तर काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै उनले मन्त्रीहरूलाई लापरबाही गर्ने कुनै छुट नभएको स्पष्ट पारे। उनले भने, लापरबाही गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन। साना साना भए पनि सकारात्मक काम हुँदै जानु अनिवार्य छ। कोही पनि मन्त्रीलाई अलिकति पनि छुट छैन–लापरबाही गर्ने । यो बाँकी अवधि राष्ट्र र जनताको पक्षमा समर्पित गर्नु पर्नेछ।’

अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झण्डै दुईतिहाइ बहुमतनजिक पुर्याएपछि प्रतिक्रियावादीहरूले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारूढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको अध्यक्ष दाहालले बताए। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहे पनि अर्कोतिरबाट त्यसलाई टुटाउने प्रयास भइरहेको बताए।

उनले भने, ‘सत्ता गठबन्धनलाई भत्काउने प्रयास अझै पनि जारी छ । नेताहरूबीच कतैं छिद्र छ कि? कांग्रेस र कम्युनिष्ट भनाउन सकिने हो कि? एमालेभित्र चलिराखेको छ नि फरमानको फरमान। एमसिसी अगाडि सारेर हुन्छ कि ? आइपिएस अगाडि सारेर हुन्छ कि ? यस्ता विषयलाई अघि सारेर सत्ता गठबन्धनलाई भत्काउन अनेक खालका कसरत भइरहेको बुझ्न जरुरी छ ।’उनले एमाले उपाध्यक्ष भीम रावलको राजीनामा गठबन्धन कमजोर बनाउने षड्यन्त्रको एउटा अंग भएको जिकिर गरे। हिमालय टाइम्स दैनिकबाट

प्रतिकृया दिनुहोस्