News Portal

झापामा मंगलबारबाट ६२ हजार बढीलाई कोरोना खोप लगाइँदै

रातोपोस्ट संवाददाता
३३४ पटक

झापा, १० साउन । झापामा कोरोना भाइरसको संक्रमण बढेसँगै खोपको माग बढिरहेका बेला जिल्ला स्वास्थ्य कार्यालय झापाले मंगलबारबाट ६२ हजार पाँच सय ५३ जनालाई खोप लगाउने भएको छ । उनीहरुलाई चीनबाट आएको भेरोसिल खोप लगाइने छ, त्यसका सम्बन्धित पालिकाहरुले समय तालिका समेत सार्वजनिक गरिसकेका छन् ।

हालसम्म कोभिशिल्ड भ्याक्सिनको पहिलो चरणमा ५३ हजार तीन सय ५३ जनाले लगाएको र दोस्रो डोज आठ हजार दुई सय ९९ जनाले मात्रै लगाएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाँईले जानकारी दिए । भारतबाट आएको कोभिशिल्ड पछिल्लो समय नआएका कारण पहिलो चरणको खोप लगाएका र बाँकी रहेकाले खोप लगाउन नपाएको जनाएका छन् ।

दोस्रो चरणमा आएको भेरोशील खोप भने १३ हजार पाँच सय जनाले दुबै चरणको लगाएको चम्लागाँईले बताए । पहिलो चरणको खोप लगाएको र दोस्रोको पर्खाइमा करिब ४५ हजार नागरिक रहेको जनाइएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि झापामा खोपलाई पहिलो प्राथमिकतामा राखेको स्वास्थ्य कार्यालयले जनाएको छ । मंगलबारबाट झापाका १५ वटै स्थानीय तहमा खोप कार्यक्रमलाई अगाडि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ । ५५ वर्षमाथिका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप कार्यक्रमा अघि बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्