News Portal

झापामा प्रहरीद्धारा एक लाख बढीको सुर्तीजन्य पदार्थ बरामद

रातोपोस्ट संवाददाता
४५२ पटक

झापा, ११ साउन । पछिल्लो पटक झापाकाे भद्रपुर नाकाबाट प्रतिबन्धित सुर्तीजन्य पदार्थको तस्करी बढेको छ । कारोबारीले  भारतको गलगलिया बजारबाट खरिद गर्ने सुर्तीजन्य पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्राइरहेका छन् । प्रतिबन्धित सुर्तीजन्य पदार्थका तस्करी मौलाएसँगै वडा प्रहरी कार्यालय भद्रपुरले त्यसतर्फ सक्रियता बढाएको छ ।

यस क्रममा वडा प्रहरी कार्यालयले सोमबार बिहान २ बजे १ लाख ३९ हजार मूल्य बराबरको सामान बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर- ५ स्थित मेची पुल उत्तर खेतबारीबाट महिलाहरूले बोरामा हालेर तस्करीको माध्यमबाट नेपाल भित्राउने खोजेका ल्याउन खोजेका ५३ बट्टा रजनीगन्धा, ५३ बट्टा तुलसी जर्दा, एक सय केजी बाबा खैनी र ६० केजी ढाका पापड बरामद गरेको छ ।

बरामद गरिएको सामानलाई १ लाख ३९ हजार ७ सय मुल्याकंन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ । वडा प्रहरीले केही दिन अघि भद्रपुर- ५ स्थित देवीबस्ती नाकाबाट १७ हजार मूल्य बराबरको बाबा खैनीसहित एक कारोबारीलाई नियन्त्रणमा लिएको थियो । खैनीसहित नियन्त्रणमा लिएका कारोबारीलाई भद्रपुर भन्सार कार्यालय बुझाएको थियो ।

प्रतिकृया दिनुहोस्