News Portal

म एमालेमा प्रवेश गरेको छैन, माओवादीमै छु : टोपबहादुर रायमाझी

रातोपोस्ट संवाददाता
८१२ पटक

काठमाडाैं, १३ साउन । आज बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राख्न माग गर्दै दायर गरेको रिटमा उनले आफू एमालेमा प्रवेश नगरेको उल्लेख गरेका छन् ।

रायमाझीले माओवादी केन्द्र छोडेर निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाने निर्णय गरेपछि माओवादीले उनलाई कारवाही गरेको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो । सांसद पदबाट हटेको करिब ४ महिनापछि सर्वोच्च पुगेका रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।

प्रतिकृया दिनुहोस्