News Portal

आज नेपालमा ३३ सय ६५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

रातोपोस्ट संवाददाता
२९६ पटक

काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ५५ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ३५ संक्रमित र ४ हजार ६ सय ८७ एन्टिजेन परीक्षण गर्दा एक हजार ३० मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी १ हजार ३ सय ७३ ले कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १६ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ८ सय ७ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

प्रतिकृया दिनुहोस्