News Portal

जसपाको संसदीय दलको नेता शनिबार चयन हुने

रातोपोस्ट संवाददाता
८८५ पटक

काठमाडौँ, १४ साउन । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चयन गर्ने भएको छ । ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढेको हो ।

बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको जसपा स्रोतले जनाएको छ ।

तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । अध्यक्षद्वय यादव, डा. बाबुराम भट्टराई र महेन्द्रराय यादवलगायत मध्येबाट संसदीय दलको नेता चयन हुनेछ । आधिकारिकता पाएको जसपाको पक्षमा २२ जना सांसद छन् । ३२ सांसद रहेको जसपामा यो बहुमत संख्या हो ।

प्रतिकृया दिनुहोस्