News Portal

भारतबाट उद्दार गरिएका ५ बालककाे विश्व सेवा संस्थाद्वारा अभिभावकको जिम्मा

रातोपोस्ट संवाददाता
८६३ पटक

झापा, १५ साउन । भारतका विभिन्न सेल्टर होममा राखिएका नेपालका ५ जना बालकहरुलाई शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ । नेपाली महावाणिज्य दूतावास कलकत्ता र विश्व सेवा विस्तार संस्था काँकरभिट्टा शाखाको समन्वयमा उद्दार गरिएका ती ५ बालकहरुलाई अभिभावकको जिम्मा लगाइएको हो ।

उद्धार गरेका पाँचमध्ये चार जना झापाकाे मेचीनगर नगरपालिका र एक जना दमकका रहेका छन । शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताए।

करिब २ महिनाको अवधिमा उद्दार गरिएका बालकहरु १४ देखि १६ वर्ष उमेर समूहका रहेका विश्व सेवा विस्तार संस्थाका कोअर्डिनेटर बस्नेतले जानकारी दिए । उनका अनुसार कम्तिमा २ वर्षअघिदेखि घरबाट सम्पर्कविहीन भएका बालकहरुलाई उद्दारपछि आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काइएको हो । नेपाली महावाणिज्य दूतावास कलकत्ताका कार्यालय सचिव सतिस थापाकाे उद्धार कार्यमा सहयाेग रहेकाे थियाे ।

विश्व सेवा विस्तार संस्था काँकरभिट्टाका सिनियर बोर्डर स्टाफ प्रमिला दुराल, काँकरभिट्टा बोर्डर स्टाफ इन्द्रकुमार बस्नेत, विश्व सेवा विस्तार संस्था काँकरभिट्टाकी बविता दाहाल, विश्व सेवा विस्तार संस्था काँकरभिट्टासम्पुर्ण परिवारलगायतले उद्दार गरी ल्याइएका बालककालाई अभिभावकको जिम्मा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्