News Portal

  • पूर्वयुवराज पारसले बिनाहेलमेट मोटरसाइकल चलाउँदा प्रहरीसँग लफडा

    रातोपोस्ट संवाददाता
    १६७ पटक

    काठमाडाैं, १५ साउन । पटक पटक विवादमा मुछिँदै आएका पूर्व युवराज पारस शाह फेरि एक पटक विवादमा तानिएका छन् । यो पटक उनी बिना हेल्मेट मोटरसाइकलमा हुइँकिरहेको अवस्थामा भेटिए भने प्रहरीले रोकेर कारबाहीको दायरामा ल्याउन खोज्दा उल्टै बादबिबादमा उत्रिए । शुक्रबार पारस र उनको टीमका केही सदस्य महाराजगन्ज चोक (चक्रपथ) मा बिना हेल्मेटमा सडकमा हुइँकिएको पाइएपछि ट्राफिक प्रहरीले रोकेको थियो ।

    सार्वजनिक एक भिडियोमा उनी असन्तुलित देखिन्छन् भने आवाज पनि स्पष्ट सुनिँदैन । उनले आफ्नो गल्ती स्वीकार्नुको साटो उल्टै ‘तँतँ र मम’को अवस्थामा प्रस्तुत भएका छन् । ट्राफिक प्रहरीले सो क्रममा माथिल्लो निकायमा फोन गरेर गाडी पठाइदिन भनेको भिडियोमा सुनिन्छ भने सो क्रममा पारसका समर्थकले होहल्ला गर्दै नाराबाजी समेत गरेका थिए ।

    प्रहरी स्रोतका अनुसार पारसले लफडा गरेपनि उनलाई त्यसै छाडिएको छ । यस विषयमा महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा एआईजी हरि पालसँग बुझ्दा पारसलाई नियमानुसार सवारी नियम उलंघन गरेको अभियोगमा कारबाही गर्नेगरी छाडिएको दावी गरे । उनीमाथि नियमानुसार जरिवाना हुने प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्