News Portal

  • माओवादी स्थायी कमिटी बैठकले गर्‍यो दुई निर्णय

    रातोपोस्ट संवाददाता
    १३० पटक

    काठमाडौ, १७ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो ।

    बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

    त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्