News Portal

  • मेचीनगरमा किसानलाई कृषि उपकरण वितरण

    रातोपोस्ट संवाददाता
    ११० पटक

    झापा, १७ साउन । झापाकाे मेचीनगर नगरपालिकाले कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरण वितरण गरेको छ। खेतीमा प्रविधि र यान्त्रिकीकरण गर्दै राष्ट्रिय समृद्धि हाँसिलका लागि उत्पादनमा बृद्धि गर्न वितरण गरेको हो। नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत १५ वटै वडाका कृषकलाई जोत्नेदेखि धान रोप्नेसम्मका उपकरण उपलब्ध गराएको हो।

    नगरपालिकाले वडा कार्यालयको सिफारिसमा खेत जोत्ने हाते ट्याक्टर, मिनी टेलर तथा धान रोप्ने आधुनिक प्रविधिको मेसिन प्रदान गरिएको नगरपालिकाका नगर प्रमुख विमल आचार्यले जानकारी दिए । नगरपालिकाले कृषकलाई हाते ट्याक्टर २७, कुटि काट्ने मेशीन ४७, मकै गोड्ने मेसीन ६ , व्हील व्यारो १२ तथा धान काट्ने मेसीन र साइलेज कटर एक/ एकवटा वितरण गरिएको छ ।

    नगरपालिकाले ४० लाख ५२ हजार ८ सय रुपैयाँका किसानहरुलाई लागतको ५० प्रतिशत अनुदानमा आधुनिक कृषियनत्र औजार वितरण गरेको हो । नगरपालिकाका १५ वटै वडालाई यो कार्यक्रमले समेटेको छ । कृषक, समूह, फार्म र सहकारी गरी ९८ वटा छनौट भए पनि अनुदान प्राप्त गर्नेको संख्या ६८ रहेको छ ।

    आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले सञ्चालन गरेकाे कार्यक्रममा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवम् गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने दिइन् । कार्यक्रमको सञ्चालन आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीले गरेका थिए । कृषि प्राविधिक टेकेन्द्र प्रधानका अनुसार मेचीनगरमा धेरै कृषकहरु लाभान्वित भएको साथै परम्परागत हलगोरुबाट खेतीपाती गर्दै आएका नगरका किसानहरूले कृषि मजदुरको अभाव भएपछि कृषियन्त्र उपकरण प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् ।

    प्रतिकृया दिनुहोस्