News Portal

मेचीनगरमा अब कुपन सिस्टमका आधारमा खोप लगाउने

रातोपोस्ट संवाददाता
३०३ पटक

झापा, १७ साउन । झापाको मेचीनगर नगरपालिकाले अब आफ्नो नगरबासीलाई कोरोना बिरूद्धको खोप सबै वडाबाट लगाउने भएको छ ।

नगरपालिकाले कुपन सिस्टमका आधारमा खोप लगाउने भएको छ । अब खोप लगाउन अनिवार्य कुपन लिनु पर्नेछ । जुन सबै वडा कार्यालयबाट उपलब्ध हुनेछ । नगरपालिकामा आज बसेको कार्यपालिकाको वैठकले खोप केन्द्रमा भएको यसअघिको भिडभाडलाई मध्यनजर गर्दै सहजताको लागि प्रत्येक वडा वडाबाटै खोप प्रदान गर्ने निर्णय गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

मेचीनगरमा जोन्सन एण्ड जोन्सन कम्पनीको खोप आउने क्रम जारी रहेको बताउँदै उपप्रमुख उप्रेतीले साउन २०, २१ र २२ गते खोप लगाइने बताइन् । उक्त जोन्सन एण्ड जोन्सन खोप एक मात्रा मात्रै लगाउँदा हुन्छ ।

प्रतिकृया दिनुहोस्