News Portal

  • मेचीनगरमा जोन्सन खोप कुन वडामा कति जादै ….

    रातोपोस्ट संवाददाता
    १२६ पटक

    झापा,  १८ साउन  । झापाको मेचीनगर नगरपालिकाले साउन २० र २१ गते जोन्सन एण्ड जोन्सन खोप लगाउने भएको छ । यस अघिको खोप केन्द्रमा हुने भिडभाडलाई कम गर्न यो पटक वडा स्तरिय खोप केन्द्र स्थापना गरी कोरोना बिरुद्धको जोन्सन खोप लगाउन लागिएको नगरका फोकल पर्सन नबिन बरालले बताए । बैदेशिक रोजगारमा जाने नेपालीहरुकाे लागि नगरपालिकामा खाेप लगाइने पनि उनले जानकारी दिए ।

    मेचीनगरमा आउने  ५ हजार खोपलाई नगरपालिकाले वडागत रुपमा जनसंख्याको आधारमा बितरण गरेको छ । ५० देखि ५४ बर्ष उमेर समुहका ब्यक्तिलाई मात्रै लगाइने जोन्सन खोप एक मात्रा मात्रै लगाए हुन्छ । खोप लगाउने उमेर समुहका ब्यक्तिले आज र भोलि सम्बन्धीत वडा कार्यालयबाट अनिवार्य कुपन लिनु पर्नेछ । कुपन लिन जाँदा नागरिकता अनिवार्य लिएर जानु पर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार निम्नानुसारको वडामा खोप जादै छ ।

    वडा नं. १  :  २५३
    वडा नं. २ :   २५७
    वडा नं. ३  :  ३१३
    वडा नं. ४  :  २२२
    वडा नं. ५  :  २००
    वडा नं. ६  :   ६४२
    वडा नं. ७ :   ४८०
    वडा नं. ८  : २८६
    वडा नं. ९   : ४४६
    वडा नं. १०  : ६२४
    वडा नं. ११ :  १८८
    वडा नं. १२ :  २४२
    वडा नं. १३  : २९६
    वडा नं. १४ : २२५
    वडा नं. १५  : ३२६ 
     

    प्रतिकृया दिनुहोस्