News Portal

पेस्तोलसहित वीरगन्जबाट ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
४४७ पटक

वीरगन्ज, २८ साउन । अवैध हातहतियार बेचबिखन गर्न लागेको आरोपमा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बीरगंज महानगरपालका वडा नम्बर १२ का ३५ वर्षीय अनिल साह, पकाहमैनपुर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय विजय कुमार पटेल र धरान नगरपालिका वडा नम्बर १२ का ३२ वर्षीय रवि पौडेल रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रह्मचोक स्थित एक होटलमा ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेका गोप्य सूचनाको आधारमा पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बस्ने अनिल साहको खानतलासी गर्दा उनको साथबाट पेस्तोल थान–१ फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उक्त पेस्तोल नियन्त्रणमा लिइ तिनैजना माथि हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।

प्रतिकृया दिनुहोस्