News Portal

अर्घाखाँचीमा पहिरोमा पुरीएर एकको मृत्यु

रातोपोस्ट संवाददाता
७२६ पटक

अर्घाखाँची, ३० साउन । अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

पाणिनी गाउँपालिका वडा नम्बर– ५ मैदानमा हिजो साँझ गएको पहिरोमा परी धातिवाङ्गका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

स्थानीय मेघराज घिमिरेको घरमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सुनारलाई लाई पाँच घण्टापछि प्रहरी र स्थानीयले मृत अवस्थामा निकालेका थिए ।

प्रतिकृया दिनुहोस्