News Portal

सुरुङमार्ग निर्माणका लागि नौ कम्पनीको आवेदन

रातोपोस्ट
५२६ पटक

काठमाडाैं, १० भदाै । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिए । सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ ।

सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्न नसक्दा बजेट ‘फ्रिज’ हुँदै आएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्