News Portal

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री र राज्यमन्त्रीले दिए राजीनामा

रातोपोस्ट संवाददाता
६४७ पटक

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् ।

राजीनामा दिन तयार भएकामा आर्थिक मामला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज छन् । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उनीहरुले एमालेको निर्णयलाई चुनौती दिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारलाई विश्वासको मत दिएका थिए ।

शाह नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता पनि हुन् । उनले एमालेमै रहने निर्णय गरेपनि विगतमा रावलनिकट कतिपय सांसद नेकपा एसमा गएका छन् । यसैगरी, सुदूरपश्चिममा नेकपा एस सबैभन्दा ठूलो दल भएको छ । उसको १४ जना सांसद छन् ।

प्रतिकृया दिनुहोस्