News Portal

सर्पले डस्दा दुई बालिकाको मृत्यु

रातोपोस्ट संवाददाता
६२९ पटक

जलेश्वर, २३ भदाै । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन  छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्यु भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्