News Portal

अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

रातोपोस्ट
६८१ पटक

एजेन्सी, २४ भदाै । अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले देश छाड्नुको कारण बताउँदै अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका थिए ।

देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर माफी मागेका हुन् ।

जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर राजधानी काबुलमा थप हिंसा नहोस् भनेर नै दोस्रो मुलुक गएको उनको भनाइ छ । अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर कुम्ल्याएर देश छाडेको आरोप भने उनले अस्वीकार गरेका छन् । काबुल छोड्दा घानीले लाखौं डलर रकम सुटकेसमा राखेर लगेको भनिएको एउटा भिडियो ‘भाइरल’ भएको थियो ।

घानीले तालिबान सरकारबारे कुनै टिप्पणी गरेका छैनन् । अमेरिकाका विश्वासपात्र घानी सन् २०१४ र सन् २०१९ मा गरी दुई पटक अफगानिस्तानको राष्ट्रपति भएका थिए ।

प्रतिकृया दिनुहोस्