News Portal

मैत्रीपूर्ण फुटबल : बंगलादेशविरुद्ध नेपालको जित

रातोपोस्ट संवाददाता
६३४ पटक

काठमाडौं, २४ भदाै । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हराएको हो। सुरुवातमा बंगलादेश आक्रमक देखिएको थियो। यद्दपि, खेलको १४ औँ मिनेटमा सबिता राना मगरले अग्रता दिलाएसँगै नेपालले लय समात्यो।

२२ औँ मिनेटमा सरू लिम्बुको पासमा प्रीति राईले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको २८ औँ र ३६ औँ मिनेटमा पनि प्रीतिले राम्रो अवसर बनाए पनि फिनिसिङमा चुकिन्। ३० औँ मिनेटमा बिमला चौधरीले राम्रो अवसर बनाएकी थिइन्। पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशकी मोसामत अलि खातुनले राम्रो क्रस गर्दै अवसर बनाए पनि नेपाली डिफेन्डरले क्लियर गरिदिएका थिए। पहिलो हाफमा नेपालले २ गोलले अग्रता लिएको थियो।

दोस्रो हाफमा शुरुबाटै बंगलादेशले गोल फर्काउने प्रयास गरेको थियो। ५१ औँ मिनेटमा सरु लिम्बुको पासमा प्रीती राइले गोल पोस्टमा राम्रो प्रहार गरेपनि बंगलादेशी गोलकिपर रुपना चकमाले उत्कृष्ट बचाउ गरेकी थिइन्। ७९ औँ मिनेटमा बंगलादेशकी श्रिमोटी सरकारले गरेको प्रहार गोलकिपर एन्जेला तोमबाफोले बचाए पनि ८३ औँ मिनेटमा टोहुरा खातुनले गोल फर्काइन्। खेलको अन्तिम समयमा बंगलादेशले खेलमा दबाब बनाएको थियो। अतिरिक्त समयमा पनि बंगलादेशले राम्रा अवसरहरू बनाएको थियो।

प्रतिकृया दिनुहोस्