News Portal

  • एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

    रातोपोस्ट संवाददाता
    १२६ पटक

    काठमाडौँ, २५ भदाै । एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ ।

    संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठक शनिबार बिहान तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ ।

    ‘एमालेले आगामी ४–६ असोजमा बस्ने विधान अधिवेशनका लागि प्रतिनिधि चयन, दस्ताबेज लेखन र व्यवस्थापनको तयारीका लागि बैठक डाकिएको हो,’ उनले भने ।

    प्रतिकृया दिनुहोस्