News Portal

राप्रपा मेचीनगरको विद्यार्थी संगठनमा रोशन चयन

रातोपोस्ट संवाददाता
११५६ पटक

झापा, २६ भदौ । राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन मेचीनगरको प्रथम अधिवेशनले अध्यक्षमा  रोशन तिम्सिना चयन भएका छन । शनिबार मेचीनगर–७ जोरसिमल स्थित राप्रपा मेचीनगर कार्यालयमा आयोजित प्रथम अधिवेशनबाट तिम्सिनालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षद्वयमा कृतिका कट्टेल, विजय लुईटेल, सचिवमा निमा तामाङ, सहसचिवमा अर्चना चौधरी र कोषाध्यक्षमा सिता पवन चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रोशन दंगाल, सरोज खत्री, विना शिबाकोटी, प्रतिमा राई, बन्दना राई, आयुश दाहाल, दिपेश मैनाली, सिताराम भेटवाल र  भिमार्जुन कुवर चयन गरेकाे छ ।

त्यसै गरि अन्य सदस्यहरुमा रिवाज बानियाँ, सञ्जय मैनाली, लक्ष्मण खरेल, राम राजबंशी, समिर दर्जी, प्रजिना लुंगेली मगर, निशान शिबाकोटी, प्रतिमा प्रसाई, पंकज राई, अञ्जली चम्लागाई, खुश्बु मैनाली, यलम्बर राई, सम्झना पाण्डे र दुलाल मुण्डा चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रिय कार्यसम्पादन समिति सदस्य भक्ति सिटौला, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन केन्द्रिय सदस्य मुन्ना आलम लगायतले शुभकामना मन्तब्य व्यक्त राखेका  थिए ।

कार्यक्रममा प्रदेश नम्बर एकका सदस्य कल्याण खड्का, जिल्ला सदस्यहरु सुनिता शर्मा, राजन प्रसाई, क्षेत्रिय अध्यक्ष अशोक सुब्बा,  मेचीनगर उपाध्यक्षद्वय घनश्याम लामीछाने, देविमाया शिबाकोटी लगायतको सहभागिता रहेको थियो । राप्रपा मेचीनगरकी अध्यक्ष सबिना बजगाईको सभापतित्व, स्वगत राप्रविसंका केन्द्रिय उपाध्यक्ष माधव पोखरेल र कार्यक्रमको सञ्चालन राप्रविसंका कचनकवल गाउँपालिकाका अध्यक्ष विकास घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्