News Portal

बौद्धिक युवा नेता ओलीको उपसभापतिमा उम्मेद्वारी

रातोपोस्ट संवाददाता
७८७ पटक

झापा, २८ भदाै । नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनमा युवा नेता सन्दिप ओलीले नगर उपसभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। कांग्रेस पार्टी वृत्तमा ओली बौद्धिक र बागी स्वाभावका युवा नेताको रुपमा लोकप्रिय छन्।

नगरका एक कांग्रेस नेताले भने,‘ओली पार्टीलाई चाहिने युवाहरुको अग्रपंतिमा छन्।’ मेची उद्योग वाणिज्य संघका निर्वाचित सदस्य ओलीको लोकप्रियताकै कारण आगामी निर्वाचनमा पराजित हुन नसक्ने दावी ती नेताको छ । ओलीले रातोपोष्टसंगको कुराकानीमा ओलीले नेपाली कांग्रेसको मुल सिद्दान्त लोकतन्त्र भएको र लोकतन्त्रको उद्देश्य समतामुलक समाजको निर्माण भएको बताए । समतामुलक समाज निर्माणका लागि हाम्रा संस्थाहरुलाई समाबेशी बनाउदै राजनैतिक दललाइ नागरिकप्रति उत्तरदायी बनाउन जरुरी रहेको उनले औल्याएका छन्।

केही दिनअघि उनले व्यक्तिगत रुपमा ५ बुँदे घोषणापत्र समेत जारी गरेका थिए, सामाजिक संजालमार्फत । उनले फेसवुकमा लेखेका छन्,‘जनताप्रति उत्तरदायि राजनैतिक दल सांगठनिक रुपमा चुस्त हुनुपर्छ। चुस्त संगठनमा विविधतायुक्त प्रतिनिधित्व हुन्छ, युवामा नयां काम गर्ने तरीका र अग्रजको मार्गदर्शन हुन्छ। यस्तो संगठन निर्माणमा म पूर्णतया केन्द्रित हुने छु ।’

प्रतिकृया दिनुहोस्