News Portal

झापाको कनकाई नहरमा डुबेर एक जनाको ​मृत्यु

रातोपोस्ट संवाददाता
२९७ पटक

झापा, ३० भदाै । झापाको कन्काई नहरमा डुबेर एक जना व्यक्तिको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ३८ वर्षीय अच्युत नेपालको नहरमा डुबेर मृत्यु भएको हो। उनको शव बुधबार ५ बजेतिर कन्काई नहरको साइफनमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर नहरभित्रको शव निकालेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

शव फेला परेको स्थानदेखि ५० मिटर नजिकमा उनले चलाउने साइकल फेला परेको छ। नहरमा हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि थप अनुसन्धान भने सुरू गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले बताए। मृतक शारीरिक अपांगता भएका व्यक्ति हुन्। उनी शिवसताक्षी नगरपालिकाको अपांगता भएका व्यक्तिहरूको परिचय कार्ड वितरण समितिका सदस्यसमेत हुन्।

प्रतिकृया दिनुहोस्