News Portal

रामेछापमा जीप दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते

रातोपोस्ट संवाददाता
३०२ पटक

रामेछाप, ३१ भदाै । काठमाडौंबाट ओखलढुंगा गइरहेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको ।

काठमाडौंबाट ओखलढुंगातर्फ गइरहेको प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए । जीप सडकबाट तल खसेको उनले बताए ।

घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ । मृत्यु हुनेमा ओखलढुंगाका लक्पा शेर्पा र उनकी श्रीमती फुर्बा छन् । अर्का एक जनाको भने सनाखत भएको छैन । दुर्घटनामा घाइते भएको लाक्पाका ११ वर्षीय छोरा धावा शेर्पालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । तीव्र गतिमा आएको जीप साँघुरो सडकको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्