News Portal

प्रेस सङ्गठन नेपाल माईपश्चिम कमिटि गठन

रातोपोस्ट संवाददाता
२७७ पटक

झापा, ३१ भदाै । प्रेस सङ्गठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । झापाको दमकमा बिहीबार भएको एक भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

नवगठित समितिको सहसंयोजकमा लोकनाथ रिजाल रहेका छन् । सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे गोविन्द ल्वागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । सङ्गठनका झापा संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलामा सङ्गठनका केन्द्रीय सदस्य तथा भेलाका प्रमुख अतिथि विमल लामिछानेले सङ्गठनले नवगठित समितिलाई पत्रकारको क्षमता विकासका लागि काम गर्न निर्देशन दिएका छन् ।

सङ्गठनका प्रदेश नम्बर १ उपाध्यक्ष डन्डीराज घिमिरेले प्रकाश पारेको भेलालार्ई सङ्गठनका जिल्ला सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए । सङ्गठनले झापामा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत सङ्गठनले मेचीनगर, बिर्तामोड र भद्रपुरमा पनि चाँडै क्षेत्रीय कमिटी गठन गर्ने सचिव पुरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्