News Portal

झापाको कचनकवलमा राप्रपाको कार्यालय भवन शिलान्यास

रातोपोस्ट संवाददाता
२९६ पटक

झापा, ३१ भदाै । झापाको कचनकवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय भवन निर्माण हुने भएको छ । राप्रपा गाउँ समिति कचनकवल भवनको बिहीबार एक कार्यक्रमका बिच सङ्घीय सांसद तथा राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्देनले शिलान्यास गरेका हुन् ।

गाउँपालिका अध्यक्ष अञ्जार आलमले पार्टी कार्यालय भवन निर्माणका लागि एक कट्ठा जमिन निःशुल्क सहयोग गरेपछि सो भवन बन्न लागेको हो । भवन निर्माणका लागि पार्टी कार्यकर्ताले आफ्नो क्षमता अनुसार रकम सहयोग गर्ने बताएका छन् ।

जनश्रमदानबाट सो कार्यालय भवन तीन महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखेको भवन निर्माण समितिका संयोजक रुद्रमणि अर्यालले जानकारी दिए । त्यसैगरी राप्रपा कचनकवलले १ सय २१ सदस्यसहितको जनवर्गीय सङ्गठन समिति निर्विरोध चयन गरेको छ । धनबहादुर तामाङ (छोटु)को नेतृत्वमा ३९ सदस्य सहितको युवक सङ्गठन, रुपा गौतमको नेतृत्वमा ३७ सदस्यसहितको महिला सङ्गठन र शङ्करप्रसाद गणेशको नेतृत्वमा ३५ सदस्यसहितको किसान सङ्गठन गठन गरेका हुन् । राप्रपाका गाउँ समितिका अध्यक्ष रवि ओझाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्