News Portal

प्रेस संगठन नेपाल माईपश्चिमको संयोजकमा लामा

रातोपोस्ट संवाददाता
२९७ पटक

दमक, १ असोज ।प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । झापाको दमकमा विहिवार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।नवगठित समितिको सहसंयोजकमा लोकनाथ रिजाल रहेका छन् । सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे गोविन्द ल्वागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् ।

संगठनका झापा संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रिय सदस्य तथा भेलाका प्रमुख अतिथि विमल लामिछानेले संगठनले नवगठित समितिलाई पत्रकारको क्षमता विकासका लागि काम गर्न निर्देशन दिएका छन् । संगठनका प्रदेश नं. १ उपाध्यक्ष डण्डिराज घिमिरेले प्रकाश पारेको भेलालार्ई संगठनका जिल्ला सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए ।

संगठनले झापामा संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत संगठनले मेचीनगर, बिर्तामोड र भद्रपुरमा पनि चाँडै क्षेत्रिय कमिटी गठन गर्ने सचिव पुरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्