News Portal

एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै

रातोपोस्ट संवाददाता
२६८ पटक

काठमाडौं, २ असाेज । एएफसी महिला एसियन कप–२०२२ को छनोटमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे उज्वेकिस्तानको जेएआर स्टेडियमा शुरु हुनेछ ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले आफूले नयाँ र चुस्त टिम तयार पारेकाले राम्रो नतिजा आउनेमा ढुक्क रहेको बताएका छन् । छनोट अन्तर्गत नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्षको फेब्रुअरीमा भारतमा हुने महिला एसियन कप खेल्न पाउनेछ । छनोट अघि नेपालले काठमाण्डौमा बङ्गलादेशसँग २ वटा मैत्रीपूर्ण खेल खेलेकोमा एकमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो ।

प्रतिकृया दिनुहोस्