News Portal

मेचीनगर युवा कप प्रतियोगितामा आज ३ खेल सम्पन्न

रातोपोस्ट संवाददाता
५०१ पटक

झापा, ३ असोज । झापाको काँकरभिट्टामा जारि मेचीनगर युवा कपको तेस्रो दिन आज ३ खेल सम्पन्न भएका छन् । जसमा वडा- ७, वडा – ११ र हेप्पी क्लब मेचीनगर विजयी भएका छन् । आज भएको पहिलो खेलमा स्नोकर ११ एफसीलाई टाइव्रेकरमा हराउँदै वडा- ७ अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि यी दुई टोली बिचको खेलको नतिजाका लागि टाइव्रेकरमा जानु परेको थियो । जसमा वडा नं ७ बिजयी भयो ।

यस्तै, दोस्रो खेलमा वडा- ११ ले जित निकालेको छ । वडा- ११ ले डाउनटाउन फुटबल क्लबलाई २-० ले पराजित गरेको हो । जितसगैँ वडा नं ११ अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै, आजै भएको तेस्रो तथा अन्तिम खेलमा हेप्पी क्लब मेचीनगर- ६ बिजयी भएको छ । धुलाबारी फुटबल ट्रेनिङ सेन्टरलाई २-० ले पछि पार्दै हेप्पी क्लब प्रतियोगितामा अघि बढेको आयोजकका मिन बहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार आजबाट पहिलो चरणका खेल सकिएर दोस्रो चरणको खेल शुरु भएको छ । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा सञ्चालित प्रतियोगितामा २० टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार तथा उपविजेताले नगद २० हजारसहित, ट्रफी मेडल प्राप्त गर्नेछन् । गत शुक्रबार बाट शुरु भएको प्रतियोगिताको फाइनल खेल भने असोज ८ गते हुने छ ।

प्रतिकृया दिनुहोस्