News Portal

मेचीनगर युवा कप : हेप्पी क्लब र भानु फुटबल क्लब विजयी

रातोपोस्ट संवाददाता
९२१ पटक

झापा, ४ असोज । झापाकाे मेचीनगरमा जारी युवा कप फुटबल प्रतियोगितामा हेप्पी क्लब र भानु टोल फुटबल क्लब विजयी भएका छन ।

काँकारभिट्टामा सोमबार भएको खेलमा मेचीनगर १ लाई अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित गर्दै हेप्पी क्लब मेचीनगर- ६ विजयी  भएकाे हाे । पहिलाे खेलमा हेप्पी क्लबलाई जित दिलाउन कर्म लिम्बुले दुई र विकास राईले एक गोल गरे । त्यसैगरि, मेचीनगर १ काे तर्फबाट भने युजेन लामाले १ गोल गरेका थिए ।

त्यस्तै दोस्रो खेलमा मेचीनगर २ लाई हराउँदै भानु टोल फुटबल क्लब विजयी भयाे । साेमबारै भएको खेलमा मेचीनगर २ लाई २-१ गोल अन्तरले पराजित गर्दै भानु टोल फुटबल क्लब विजयी  भएकाे हाे । रोमान्चक खेलमा भानु टोल फुटबल क्लबलाई जित दिलाउन दिवस उराउ र अभिषेक गुरुङले एक / एक गोल गरेका थिए । त्यसैगरि खेलमा मेचीनगर २ बाट सिताराम राईले १ गोल फर्काएका थिए ।

प्रतियोगिता अन्तर्गत भोली पहिलो खेलमा मेचीनगर ७ र मेचीनगर १५ बिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल मेचीनगर ११ र मेचीनगर ८ भिड्ने छन् । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको आयोजनामा गत शुक्रबारबाट शुरु भएको प्रतियोगितामा नगरका २० वटा टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार तथा उपविजेताले नगद २० हजार सहित, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने असोज ८ गते हुनेछ ।

 

प्रतिकृया दिनुहोस्