News Portal

आजदेखि सोह्रश्राद्ध शुरु

रातोपोस्ट संवाददाता
३८१ पटक

काठमाडाैं, ५ असाेज । आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । वडादशैं शुरु हुनुभन्दा अघि भदौ कृष्ण प्रतिपदादेखि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ ।

सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्दछन् ।पितृकार्यलाई अति पवित्र मानिन्छ ।

यस पटक पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा पितृकार्य गराउने पुरोहितहरुलाई कर्मकाण्डको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने नियम लागू गरेको छ ।साथै, कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पनि पूर्ण रूपमा लागू गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्