News Portal

थप १३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, ५ संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
३०९ पटक

काठमाडाैँ, ५ असाेज । गत २४ घण्टामा नेपालमा १३ हजार ६२२ जनाको परीक्षण गर्दा १ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ८३० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ९९६ परीक्षण गर्दा २९४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ५ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेको छ ।

प्रतिकृया दिनुहोस्