News Portal

धुलाबारीमा तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालमा

रातोपोस्ट संवाददाता
४१० पटक

झापा,  ७ असोज । झापाको मेचीनगर–१० स्थित धुलाबारीमा  तीन करोडको लगानीमा न्यूटेला उद्योग सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी अजय घिमिरे र भूमि पौडेलेको संयुक्त लगानीमा नन्दा फुड इन्टस्ट्रिज सञ्चालनमा ल्याएका हुन् । उद्योगले दैनिक एक हजार केजी स्वाविन (न्यूटेला) उत्पादन गर्दै आएको छ ।

भारतको दिल्ली, राजस्थान र चाइनाबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरिएको न्यूटेला २०० ग्रामदेखि पाँच केजीसम्मको प्याकेजिङ गरेर बजारमा पठाइरहेको सञ्चालक घिमिरेले बताए । तरकारी र अचारको रुपमा प्रयोग गरिने न्यूटेला बच्चादेखि बृद्धबद्धासम्मले मन पराउँछन् ।

इन्टस्ट्रिजमा हाल स्थानीय १२ जनाले रोजगारी पाएका छन् । “स्थानीयलाई रोजगारी पनि मिल्ने र उनीहरुकै श्रम सीपको प्रयोग गरेर उत्पादन गर्न सकिने हुँदा हामीले तत्काल न्यूटेला उत्पादन सुरु गरेका छौैं”, सञ्चालक घिमिरेले भने“निकट भविष्यमा नन्दा कन्फ्लाक्स र चोकोपनको समेत उत्पादन गर्छौं ।”

इन्टस्ट्रिजले हाल नन्दा सूजीको समेत प्याकेजिङ गर्दै आएको छ । दैनिक दुई हजार केजी न्यूटेला उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल नमूना परीक्षणका लागि एक हजार केजी मात्र उत्पादन गर्दै आएको बताउनुभयो । उहाँले यहाँ उत्पादित न्यूटेला स्थानीय बजारमै खपत भइरहेको बताए । एक महिना अघि सञ्चालनमा आएको इन्टस्ट्रिजबाट उत्पादित न्यूटेला दशै र तिहार पछाडि देखि पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरमा समेत पठाउने तयारी गरिरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्