News Portal

पनेरू र बरालबिच चु्नावी भिडन्त, कसले मार्ला बाजी ?

रातोपोस्ट संवाददाता
३७८ पटक

झापा, ९ असाेज । मेचीनगर सभापतिका लागि २ वडाध्यक्ष बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सर्वसम्मत सभापति छान्नका लागि नेतृत्वले अन्तिम घडिसम्म निरन्तर प्रयास गरे पनि सफल भने हुन सकेन । जसअन्तगर्त २ वडाअध्यक्ष बिच नै प्रतिस्नेपर्धा हुने भएकाे हाे । झापाकाे धुलाबारी मा वि मा रहेको मतदान केन्द्रमा गएर आज २ जनाले नै उम्मेद्बारी दर्ता गराएका छन । चुनावी मैदानमा मेचिनगर ४ का वडाअधक्ष्य नवीन बराल र १० का वडाअधक्ष्य सुदय पनेरु रहेका छन ।

निर्वाचन कार्यतालिका बमोजिम पहिलो चरणमा मतदाता नामावली प्रकाशन गरिएको थियो । दिउँसो १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकिएको थियो । जस अन्तर्गत २ सभापति, ४ उपसभापति, ४ सचिव तथा ५ सहसचिवमा उम्मेद्वारी दर्ता भएका छन् । उप सभापतिमा सन्दिप ओली, राजु अधिकारी धनकाजी खत्री र योगेन थापामगरले उम्मेद्वारी दिएका छन् । त्यस्तै सचिवमा मनोेज घिमिरे, अशोक राई, मुकेश लिम्बू र लक्ष्मी काफ्ले उम्मेद्वारी दिएका छन् ।

सहसचिवमा बिजय भट्टराई, लोकेन्द्र थपलिया, चन्दन गौतम, टिकाराम धमला र नवीन खतिवडाले उम्मेद्वारी दिएका छन् । निर्वाचन समितिले अब उम्मेद्वारी फिर्ताका लागि ६ बजेसम्मका लागि समय तोकेको छ । अन्तिम नामावली प्रकाशन ६ः३० बजे प्रकाशन गर्ने गरीको तयारी रहेको निर्वाचन समिति स्रोतले जनाएको छ । मतदान आइतबार विहान ८ बजेदेखि १ बजेसम्म हुनेछ । सो लगत्तै मतगणनाको समयतालिका तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्