News Portal

महिला हिंसाविरुद्ध चेतनाका निम्ति कमला भसिनको योगदान चीरस्मरणीय रहने छ : राष्ट्रपति

रातोपोस्ट संवाददाता
३२२ पटक

काठमाडाैँ, १० असाेज । राष्ट्रपति विद्या देवी भण्डारीले प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता‚ कवि एवं लेखक कमला भसिनको निधनमा शोक व्यक्त गरेकी छन् ।

उनले आइतवार एक ट्वीट गर्दै दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उनको योगदान चीरस्मरणीय रहने समेत बताएकी छन् । भनेकी छन्, ‘प्रसिद्ध भारतीय महिला अधिकार अभियन्ता‚ कवि एवं लेखक मेरो मित्र कमला भसिनको निधनको खबरबाट स्तब्ध भएको छु।

विशेषगरी दक्षिण एसियामा महिलाविरुद्ध हुने विभेद र हिंसाविरुद्ध चेतना र जागरणका लागि उहाँको योगदान चीरस्मरणीय रहने छ। स्व. भसिनप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा समवेदना !’

प्रतिकृया दिनुहोस्