News Portal

कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजयी

रातोपोस्ट संवाददाता
६११ पटक

पोखरा, १० असाेज । नेपाली कांग्रेस पोखरा महानगरपालिको सभापतिमा सुरेन्द्र बिजुक्छे निर्वाचित भएका छन् । १३ सय ७० मतदाता भएको निर्वाचनमा १३४४ मत खसेको थियो । शनिबार भएको मतदानको आइतबार निर्वाचन परिणाम आएको हो ।

बिजुक्छेले निकटतम् प्रतिष्पर्धी गंगाधर पराजुलीका भन्दा ६८ मत बढी ल्याए । बिजुक्छेले ४१४ र पराजुलीले ३४६ मत पाए । सभापतिका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । बिजुक्छे यसअघिकै कार्यसमितिमा उपसभापति थिए । पराजुली पत्रकार हुन् । उनी कांग्रेसको १२ औं महाधिवेशनमा कास्की कांग्रेस सचिवमा पराजित भएका थिए । सभापति निर्वाचित बिजुक्छेलाई कांग्रेसमा रामचन्द्र पौडेल पक्षधर नेताको समर्थन थियो ।

पहिला देउवानिकट भनेर चिनिएका पराजुली यसपालि कुनै पनि समूहको आधाकारिक उम्मेदवार होइनन् । यद्यपि उनी ६ जनामध्ये दोस्रोचाहिँ हुन सफल भए । ५६९ मत ल्याएर प्रयागराज भण्डारी र ४६४ मतसहित भवसागर उपसभापति निर्वाचित भए । टुवराज बास्तोला र गणेशबहादुर थापा सचिव चुनिएका छन् । बास्तोलाले ८४९ र थापाले ८०३ मत ल्याएका थिए ।

२ उपसभापतिका लागि ६ जना प्रतिस्प्रधी थिए भने २ सचिवका लागि ३ जनाबीच प्रतिस्पर्धा भएको थियो । ५८० मतसहित संघर्ष कोइराला र ४६५ मतसहित सञ्जय आले सहसचिव निर्वाचित भएका छन् । सबै पदाधिकारीमा पौडेल पक्षीय विजयी भएका हुन् ।

प्रतिकृया दिनुहोस्