News Portal

काङ्ग्रेस गौरादह नगर सभापतिमा यादब राज सेढाई विजयी

रातोपोस्ट संवाददाता
४६० पटक

झापा, १० असोज । झापाको गौरादह नगरमा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगतको नगर अधिबेशनमा यादब राज सेढाई विजय भएका छन । नगर सभापति पदका अर्का प्रत्यासी गोपाल प्रसाद कोइरालालाई झिनो मतान्तर दुई मतले पछि पार्दै सेढाईले आगामी कार्यकालका लागि सभापतिको पद सुनिश्चित गर्न सफल भएका छ्न । बिजेता बन्दा सेडाइले कुल २ सय ४६ मत मध्ये १ सय २२ मत प्राप्त गरेका थिए भने कोइरालाले १ सय २० मत प्राप्त गर्न सफल भए ।

नगर उप-सभापती पदका लागि कुन्दन गिरिले १ सय ७१ मत र मेघराज अधिकारीले १ सय ६८ मत प्राप्त गरि बिजय बन्न सफल भए । उप सभापतिकै अर्का उम्मेदवार नरेश कुमार राजबंशीले ९८ मत मात्र प्राप्त गर्न सफल भए । नगर सचिब पदका लागि माधब कोइरालाले १ सय ४१ मत प्राप्त गरि बिजयी बन्न सफल भए साथै सचिब पदका अर्का बिजेता नेत्र खड्काले १ सय ६ मत प्राप्त गरे । सचिब पदकै अर्का प्रत्यासिहरु सोमनाथ उप्रेतीले १ सय ३ मत र गुरुदयाल राजबंशीले ७४ मत मात्र प्राप्त गर्न सफल भए ।

त्यसैगरी नगर सह-सचीव पदका लागि उपेन्द्र ढुंगानाले सबै भन्दा अत्याधिक १७७ मत प्राप्त गरि बिजयी बन्न सफल भए । सह-सचिब पदमै ओम कुमार धमलाले १ सय २० मत प्राप्त गरि बिजयी बने भने सह सचिब पदकै अर्का प्रत्यासी खड्ग नारायण ताजपुरियाले १ सय ५ मत मात्र प्राप्त गर्न सफल भए ।बाकी रहेका ४५ जना नगर सदस्य पदमा आवश्यक संख्यामा मात्र उम्मेद्वारी मनोनयन परेकोले हिजो शनिबारनै निर्बिरोध निर्बाचित भएको त्यसैगरि प्रदेश सभा क्षेत्रीय अधिबेशन प्रतिनिधिमा इन्द्रमणि दाहाल र पुर्णिमा राजबंशी निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत मोहन अधिकारिले जानकारी दिएका छ्न ।

प्रतिकृया दिनुहोस्