News Portal

आज ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
३४३ पटक

काठमाडाैँ, १० असाेज । गत २४ घण्टामा देशभर ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार १४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । आज ९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९९६ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा थप २७९ जना संक्रमित थपिएका छन् । आइतबार काठमाडौंमा २३२, ललितपुरमा २४ र भक्तपुरमा २३ संक्रमित थपिएका हुन् ।

प्रतिकृया दिनुहोस्