News Portal

बैना रकम फिर्ता मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

रातोपोस्ट संवाददाता
४५४ पटक

काठमाडौं, १० असोज । बैना रकम फिर्ताको मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखाको गोरखा नगरपालिका–१ घर भई काठमाडौंको टोखामा बस्दै आएका हरिबाबु जोशीलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई काठमाडौं जिल्ला अदालतको गत चैत २७ गतेको फैसलाले बैना रकम फिर्ता पाउँ मुद्दामा ३३ लाख २५ हजार बिगोबापत दुई वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका जोशीलाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्