News Portal

टिपरको ठक्करबाट झापामा एक जनाको मृत्यु : राजमार्ग अवरुद्ध

रातोपोस्ट संवाददाता
३७५ पटक

झापा, ११ असाेज । झापाको शिवसताक्षी नगरपालिका- १० स्थित माइधारमा टिपरको ठक्करबाट छोटा हात्ती गाडी (पिकअप भ्यान) चालकको मृत्यु भएपछि स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका छन् । स्थानीयवासीले सडकमै टायर बालेर सडक अवरोध गरेका हुन् ।

पूर्व-पश्चिम राजमार्गस्थित माइधारमा सोमबार बिहान साढे ८ बजे प्रदेश ०३-००१-क-००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको छोटा हात्ती गाडीलाई ठक्कर दिएको थियो ।टिपरको ठक्करबाट गाडी चालक दमक नगरपालिका- ९ निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्काको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोटा हात्ती सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो गाडी कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो ।

पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । टिपर र टिपर चालक मकवानपुर जिल्ला थाहा नगरपालिका-८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्