News Portal

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३७१ पटक

बिराटनगर, १२ असोज । मोरङमा ट्याक्टर र माेटरसाइकल एकआपसमा ठाेक्किँदा एकजनाकाे मृत्यु भएको छ। जिल्लाकाे रतुवामाई नगरपालिका–८ मा साेमबार राति दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको मे १ त ४४८७ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार राति ८ बजेतिर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका रतुवामाई–८ दाम्राभिट्टाका २८ वर्षीय यादव पाठकको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–८ का २७ वर्षीय विवेक पोखरेल पनि गम्भीर घाइते भएका छन्। उनको न्युरो अस्पतालमै उपचार भइरहेको छ। तीव्र गतिमा रहेको मोटरसाइकल नियन्त्रण गुमाउँदै सडकमा गुडिरहेको ट्याक्टरमा ठोक्किन पुगेको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार दुर्घटनापछि दुवै सवारी साधन र ट्याक्टर चालक रतुवामाई–२ का ३२ वर्षीय गणेश पासवानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ।

प्रतिकृया दिनुहोस्