News Portal

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५६१ पटक

धनुषा १३ असोज । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजनाको मात्र सनाखत हुन सकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

धनुषाको औरहीबाट जनकपुरधामतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रवक्ता बस्नेतले बताए।

दुर्घटनामा मृत्यु हुनेमध्ये एकजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का २१ वर्षीय कुनाल कुमार साह रहेको र बाँकीको पहिचान अहिले नखुलेको प्रहरीले जनाएको छ। यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिकृया दिनुहोस्