News Portal

  • एमालेको नयाँ लोगो सूर्यभित्र हँसिया हथौडा

    रातोपोस्ट संवाददाता
    १७२ पटक

    काठमाडौं, १७ असोज । नेकपा एमालेको लोगो परिवर्तन भएको छ । नयाँ लोगोमा सुर्य चिन्हभित्र हसिँया हथौडा मात्र रहनेछ ।

    यसअघि सुर्यभित्र सानो सीपी एन युएमएल राखेर बीचमा सानो हसियाँ हथौडा राखिएको थियो । अब सुर्यभित्र पहेंलो रङ्गको हँसिया हथौडा ठूलो अक्षरमा राखिने भएको छ ।

    एमाले उपमहासचिव विष्णु पौडेलले लोगोमा रातो पृष्ठभूमिमा सुर्यभित्र सुनौलो रंगको हँसिया हथौडा रहने बताए ।

    प्रतिकृया दिनुहोस्