News Portal

मेचीनगरबाट गाँजासहित २ जना पक्राउ

रातोपोस्ट संवाददाता
३९६ पटक

झापा, २३ असाेज । झापाकाे मेचीनगरबाट सशस्त्र प्रहरीले १० किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार बेलुका ८:३० बजे मेचीनगर नगरपालिका वडा- ८ स्थित पूर्वपश्चिम लोकमार्गमा सशस्त्र प्रहरीको टोलीले मे. १ ह ३४७१ को अटोरिक्सालाई चेकजाँच गर्नेक्रममा अटोमा सवार यात्रुको साथबाट १० किलो ४१० ग्राम गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर गाविस कालिकाटार ४ बस्ने फुलमाया सिङ्गतान र अर्जुन मोक्तानको साथबाट १० किलो ४१० ग्राम तयारी गाँजा बरामद गरेको हो ।

अटोरिक्सासहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्